दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सरकारले लोकप्रिय कार्यक्रम ल्याउने बस्नेतको दावी

Advertisement

काठमाडौं । सत्ताधारी दल नेता महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने दावी गरेका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘अहिलेसम्मको समिक्षागर्दा प्रधानमन्त्री केपी ओली सफल हुनुभएको छ । र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । सात महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दैहुनुहुन्छ ।’

नेता बस्नेतले दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने पनि जानकारी दिए । उनले भने, ‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । र, सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग जनता अहिले खुशी रहेको विश्वास दिलाए । बस्नेतले भने, ‘सरकारको परफर्मेन्सबाट जनताखुशी छन् ।’

संघीयता कार्यान्वयन गर्न धेरै चूनौति रहेको उनले बताए । जनताको खुशी नै हाम्रो साध्य हो भन्दै बस्नेतले संघीयताको राम्रा तथा नराम्रा कुराहरु भन्ने बेलामा अहिले आफूहरु नरहेको बताए ।

वर्तमान प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको पनि उनले सुनाए । बस्नेतले सीके राउत र नेत्रविक्रमचन्द ‘विप्लव’का गतिविधिहरु एकदमै गलत रहेको बताए । उनले भने, ‘उनीहरुको गतिविधिएकदमै गलत छन् । र, कतिपय नेताहरुले उनीहरुलाई समर्थन गरेकोबारे समिक्षा गर्नुपर्छ ।’

दुई नम्बर प्रदेश र संघीय सरकारबीचको असमझदारी पनि विस्तारै घट्दै जाने बस्नेतले सुनाए । उनले भने, ‘असमझदारी घटाउनेतर्फ सरकारले उचित ध्यान दिएको छ । तर, आज यो भन्दा डरलाग्दो विषय के हो भने मुलुकको सार्वभौम अखण्डतामाथि नै चूनौति दिने गरेर एकातिर सीके राउतका गतिविधिहरु र अर्कोतर्फ आतकंवादलाई नै समर्थन गर्ने ढंगले विप्लव समूहरुको गतिविधि भएका छन् । त्यस्ता खालका गतिविधिहरु र विखण्डनकारी गतिविधिहरुलाई सरकारले नियन्त्रण गर्दाखेरी त्यो गरेबापत राज्यको आलोचना गर्ने मानव अधिकारवादी र घुमाईफिराई त्यसलाई समर्थन गर्ने न्यायालय, यो कुरा चाहीँ आज समिक्षाको विषयहो भन्ने मलाई लाग्छ ।’

बस्नेतले अतिवादीहरुले अहिले वर्तमान सरकारको मुल्यांकन गरिरहेको पनि स्पष्ट पारे । उनले भने, ‘निर्मला पन्तको घट्नालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु ठीक होईन् । सरकारले यो घट्नामा गम्भिर ध्यान दिएको छ । अनुसन्धान पनि जारी छ ।’

Advertisement

Advertisement

Advertisement