हिमालय एअरलाइन्सले चीनमा नयाँ उडान सुरु गर्र्यो

Advertisement

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गरेको छ । हिमालय एयरलाइन्सले चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भरेको हो ।

हिमालय एअरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउनेछ । चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एअरलाइन्स हो ।

कम्पनीले यही कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउसो ४ः५५ मा आफ्नो उद्घाटन उडान भरेको हो । यस एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ः०५ मा अवतरण गरेको थियो ।

कात्तिक २ गते चोङकिङबाट हिमालय एअरलाइन्सको जहाजले स्थानीय समय रातको १२ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ः५५ मा अवतरण गरेको थियो ।

चीनको पाँच केन्द्रीय शासित शहरहरु बेइजिङ, सांघाई, ग्वाङजाउ र तियानजिनका साथै चोङकिङ पनि एक हो, जहाँ पर्यटकका लागि उल्लेखनीय आकर्षणहरु रहेका छन् । चोङकिङ आफ्नो सम्पन्न इतिहास र सांस्कृतिक सम्पदाले प्रख्यात छ । यो आर्थिक र उत्पादनको केन्द्रको रुपमा पनि परिचित छ । यतिमात्र नभई चोङकिङ एउटा दक्षिणपूर्वी परिवहनको केन्द्रको रुपमा पनि रहेको छ ।

नेपाल चिनिया“ पर्यटकका लागि आफ्नो फुर्सदिलो समय बिताउने आर्कषक नयाँ गन्तव्य बन्न थालेको छ । विगत दुई बर्षमा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरुको तथ्यांकले यो कुरा पुष्टि गर्दछ । २०७३ सालको भूकम्प र नाकाबन्दीका कारण नेपालमा वैदेशिक पर्यटन न्यूनस्तरमा पुगेको थियो ।

त्यसपछि नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या भने अत्याधिक रुपमा बढेको छ । सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म एक लाख नौ हजार ४९७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो बर्ष २०१७ को सोही समयको तुलनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको हो ।

नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा रहेको छ । नेपाल आउने कुल पर्यटक संख्यामा १४.४ प्रतिशत चिनियाँ पर्यटक रहेका छन् । चोङकिङ–काठमाडौंवीच सीधा हवाई सम्र्पकसँगै हिमालय एअरलाइन्सले नेपाली पर्यटन अर्थतन्त्रमा नयाँ र व्यापकरुपमा आफ्नो योगदान पु¥याउने आशा राखेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement