दशैंको अवसरमा आयोजित कुस्तीमा नेपाल र भारतका आठ पहलवान विजयी

फाइल फोटो

फाइल फोटो

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका आठ पहलवान विजयी भएका छन् ।

बडादशैँको अवसरमा आयोजित प्रतियोगितामा नवलपरासीका दीपेन्द्र यादव र सर्लाहीका अरुण साह, भारत बनारसका प्रवीण पहलमान, प्रेमनाथ पहलमान र रामविलास पहलमान, भारत पञ्जाबका सोनु पहलमान, भारत हरियाणाका सेरा पहलमान र भारत झाँसीका राहुल पहलमान विजयी भएको स्थानीयवासी डुमरलाल मेहताले जानकारी दिए ।

unitednic

आइतबार सम्पन्न प्रतियोगिता विजयीलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष श्यामलाल मेहताले जानकारी दिए । प्रतियोगिता हेर्नका लागि सयौँ दर्शक आएका थिए ।