के अल्कोहलको सेवनले शरीरलाई फाइदा गर्छ ?

Advertisement

एजेन्सी । अल्कोहल प्रयोगको बारेमा मानिसहरुमा विभिन्न खालका धारणा पाइन्छ । कसैले अल्कोहल स्वस्थ शरीरका लागि हानिकारक पदार्थको रुपमा औल्याएका छन्, कसैले यसको ठिक्क प्रयोग शरीरका लागि लाभदायक हुने दावी गरेका छन् ।

जनस्वास्थ्यका विज्ञहरुका धारणा मान्ने हो भने अल्कोहलको अति प्रयोग स्वास्थ्यका लागि घातक हुन्छ । त्यसैले उनीहरुले अल्कोहलको प्रयोग ठिक्क रुपमा प्रयोग गर्न सुझाव दिएका छन् ।

तर ठिक्क भनेको कति हो रु विज्ञहरुका अनुसार अल्कोहल पिउने स्टाण्डन्र्ड हरेक देशमा एउटै छैन । उनीहरु भन्छन्, अमेरिकामा एक महिलाले एक दिनमा १४ ग्राम १ ड्रिंक र पुरुषले २८ ग्राम २ ड्रिंक  अल्कोहल पिउन गाइडलाइन बनाइएको छ । तर बेलायतमा पुरुष र महिला दुवै लाई प्रति हप्ता ११२ ग्राम ८ ड्रिंक पिउन सकिने गाइडलाईन दिईएिको छ ।

नेसनल इन्स्टिच्युट अन अल्कोहल एब्युज एण्ड अल्कोहलिज्म का अनुसार अल्कोहलमा प्रतिग्राम ७ क्यालोरी हुन्छ । यस्तै अल्कोहललाई कलेजोले प्रोसेस गर्दा केहि मात्रा सास, पिसाब र पसिनाबाट गन्धको रुपमा शरीर बाहिर निस्कन्छ ।

कम अल्कोहल सेवन गर्दा रोग प्रतिरक्षा क्षमता मजबुत बनाउछ । मुटुको रोग लाग्ने सम्भावना २५ देखि ४० प्रतिशतसम्म कम हुन्छ । र खराब कोलेरुटेरोल घटाउन मद्दत गर्छ तर बढि सेवन गर्दा उच्च रक्तचाप मुटुको धड्कनमा समस्या आउन थाल्दछ ।

Advertisement

Advertisement

Advertisement