नागरिक लगानी कोषको सिईओमा पाँच जनाको आवेदन

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदका लागि पाँच जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयले गठन गरेको प्रमुख कार्यकारी अधिकृत छनौट समितिले सूचना जारी गर्दै पाँच जनाको आवेदन परेको खुलाएको हो ।

अर्थ मन्त्रालयका अनुसार आवेदन गर्नेहरुमा ऋषिराम गौतम, कपिलमणि ज्ञवाली, शिवहरी श्रेष्ठ, रमण नेपाल र शेषरमण आचार्य रहेका छन् । कोषका तत्कालीन प्रमुख रामकृष्ण पोखरेलले राजीनामा दिएपछि रिक्त भएको पदपूर्ति गर्न लागिएको हो ।

गत भदौ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेलको राजीनामा स्वीकृत गरेको थियो । पोखरेलको राजीनामापछि कोषको प्रमुखको काम अर्थ मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलले गर्दै आएकी थिइन् । अब प्रमुख नियुक्त नभएसम्म उनलेनै सो जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जानकारी दिएको छ ।

अबको एक सातामा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया सकिने अर्थ मन्त्रालय वित्तिय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement