विश्वकप क्रिकेटको ट्रफी एक साताभित्र नेपाल आउँदै

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अर्को बर्ष हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी यसै साता ल्याउने भएको छ । अर्को बर्ष इङ्ल्यान्ड र वेल्समा आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुँदैछ ।

आइसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार यसै साता विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याउन लागिएको र सगरमाथा आधार शिविरसम्म पुर्याइने छ । विश्वकप क्रिकेट ट्रफीको नेपाल टुरलाई भव्यरुपमा बनाउने तयारीसमेत गरिएको छ ।

पहिलो पटक यो ट्रफी नेपाल ल्याउन लागिएको हो । विश्वकप प्रतियोगिता सुरु हुनुअघि यस खेलको लोकप्रियता बढाउन ट्रफीलाई रुट बनाएर विभिन्न मुलुकको टुर गराउने चयन छ । यस पटक पाँचवटा महादेशका २१ राष्ट्रका ६० भन्दा बढी सहरमा पु।्याउने योजना बनाएको छ।

दुबईस्थित मुख्यालयबाट अगस्ट २७ बाट सुरु हुने टुर नौ महिना लामो हुनेछ । जसमा छ महिना विभिन्न मुलुकको र तीन महिना बेलायतकै विभिन्न शहरको टुर गराइने छ ।

ओमन, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै नेपाल आइपुग्न लागेको विश्वकप क्रिकेटको ट्रफी भारत हुँदै न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, जर्मनी हुँदै हुँदै आउँदो फेब्रुअरी १९ तारिखमा इङ्ल्यान्ड र वेल्स लगिने जनाएको छ।

Advertisement

Advertisement

Advertisement