साझा यातायातको विद्युतीय बस सेवा आजबाट सुरु

Advertisement

काठमाडौं । राजधानीका सडकमा अब विद्युतीय बसहरु सञ्चालनमा आउने भएका छन् । सार्वजनीक यातायातमा सरकारले प्रवद्र्धन गर्न थालेपछि सञ्चालनमा आएको साझा यातायातले काठमाडौंमा विद्युतिय बस सेवा सुरु गरेको हो ।

साझा यातायातले सुरु गरेको विद्युतीय बस सेवाको प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान उद्घाटन गरेका छन् । उपत्यकाको बढ्दो प्रदुषणलाई नियन्त्रण गर्ने उद्देश्यकासाथ विद्युतीय सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल पाँच वटा विद्युतीय बसहरु सञ्चालन गर्ने जनाएको छ ।

चिनमा निर्मित यी बसहरु खरिद गर्न कम्पनीले एसियाली विकास बैंकसँग ऋण लिएको छ । उक्त बसमा चालक सहित २० सिट क्षमता रहेको र सुरक्षाका लागि सीसी क्यामरा जडान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement