सेयर बजार घट्ने क्रम जारी, दशैंको असरले कारोबार पनि निराशाजनक

Advertisement

काठमाडौं । दशैंपछि खुलेको सेयर बजारमा सामान्य गिरावट जारी छ । सोमबार करिव दुई अंकले घटेको सेयर बजार परिसुचक नेप्से आज तीन दशमलव तीन दशमलव ४८ अंकले घटेको छ ।

कारोबार रकममा आज सामान्य वृद्धि भए पनि स्थिति निराशाजनक नै रहेको छ । आज जम्मा १५५ कम्पनीको १९ करोड ८७ लाख रुपियाँको सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढि कारोबार प्रभु बैंको तीन करोड ३७ लाख रुपियाँ रहेको छ । दशैंका कारण लगानीकर्ता सक्रिय नहुँदा कारोबार बढ्न नसकेको हो । यद्यपि बजार लगातारजसो घटिरहेकाले दशैं अघि पनि त्यति उत्साहजनक रहन सकेको थिएन ।

समूहगत कारोबारतर्फ वित्त र उत्पादनमूलक समूहको उपसुचकहरु सामान्य वृद्धि भए पनि बाँकी समूहको उपसुचकहरुमा गिरावट देखिएको छ । होटल समूहमा आज कुनै पनि कारोबार हुन सकेन् । सबैभन्दा बढि गिरावट निर्जिवन बीमा कम्पनीमा एक प्रतिशतभन्दा बढिको रहेको छ ।

Advertisement

Advertisement

Advertisement