प्रचण्डसँग निकट सम्वन्ध रहेका गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक आरके शर्मा पक्राउ

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का मध्यपूर्व संयोजक आरके (राजेन्द्रकुमार) शर्मा कतारमा मंगलबार पक्राउ परेका छन् ।

तत्कालिन विद्रोही माओवादी र विशेषगरी पुष्पकमल दाहाल प्रचण्डसँग निकै नजिकको सम्वन्ध रहेका शर्मा पक्राउ परेका हुन । उनले प्रचण्डसहितका नेताहरुलाई कतार आउँदा खाने बस्ने र अन्य सेटिङहरु मिलाउन सहयोग गर्दै आएका थिए ।

विवादास्पद अभिव्यक्तिपछि फिर्ता बोलाइएकी कतारकी पूर्व नेपाली राजदूत मायाकुमारी शर्मालाई त्यहाँबाट फिर्ता गराउन र उनलाई मुद्दा हराउन भूमिका खेलेका शर्मा अहिले एकाएक पक्राउ पर्नुले कतारमा बस्दै आएका अगुवा नेपालीहरुमा शंकाआशंका सुरु भएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेका अनुसार उनलाई कतार प्रहरीले पक्राउ गरे पनि यथाथ कारण भने जानकारी हुन सकेको छैन । कतारका ठेक्कापट्टादेखि मानव तस्करीको समेत काम गर्ने गरेका शर्मालाई प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण पक्राउ गरिएको हुनसक्ने भनिए पनि अन्य धेरै कारण हुनसक्ने संघका स्थानीय नेताहरुको अनुमान छ ।

Advertisement

Advertisement

Advertisement