‘संविधान संशोधनको औचित्यबारे दुई टाउके (ओली, प्रचण्ड)ले कसरी व्याख्या गर्छन ? त्यो हेर्न बाँकी छ ।’

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार मैनालीले भने, ‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन् । सरकारको काम सन्तोषजनक छैन् । सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन् । सरकार अहिले धेरै पछि पर्यो ।’

महासचिव मैनालीले तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन नबनेको पनि आरोप लगाए । उनले भने, ‘संविधान संशोधनको विषय अहिले पनि छ, तर यो विषयमा पहिले यी दुई पार्टीले एकले अर्कोलाई राष्ट्रघाती भनेर आरोप लगाए । यो विषयमा गठबन्धन गर्दा उनीहरुले बोलेको देखिएन् । संविधान संशोधनको आवश्यकता र औचित्यबारे यी दुई टाउकेहरुले कसरी व्याख्या गर्ने हुन ? त्यो हेर्न बाँकी छ ।’

मैनालीले सरकारले आफ्ना प्रतिबद्धताहरु पूरा गर्न नसकेको पनि आरोप लगाए । उनले भने, ‘जनताका आकांक्षा त सरकारले पूरा गर्न सकेन् । तर, ३३ केजी सुन प्रकरण, ठेकेदारहरुलाई कारबाही गर्ने कुरा, एनजिओ तथा आईएनजिओको सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरा सरकारले सुरु गर्यो, तर बीचमै छाडिदियो । चाडबाडमा महँगी अस्वभाविक रुपमा वृद्धि भएको छ । हत्या, हिंसा, बलात्कारका घट्नाहरु बढेकोबढै छन् । यसमा सरकार चुकेको छ ।’

त्यस्तै उनले सरकारले जनतालाई अनावश्यक कर र दस्तुरको भार बोकाएको पनि आरोप लगाए । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अपराधी पत्ता लगाउन सरकार चुकेको मैनालीको आरोप छ । उनले भने, ‘आज यतिका लामो समय भइसक्यो, तर अपराधी पत्ता लगाउन सरकारले सकेको छैन् । अनुसन्धान गर्नुपर्ने पात्रहरुको बारेमा अनुसन्धान भएको छैन् । जुन घरबाट निर्मला हराइन, त्यो घरबाट केन्द्रित रहेर अनुसन्धान गर्नुपर्छ । प्रधानमन्त्रीले बम दिदीबहिनीको डिफेण्ड गर्नुभयो । उहाँले यसरी डिफेण्ड गर्नु गलत हो । यो अत्यन्तै चिन्ताजनक कुरा हो ।’

Advertisement

Advertisement

Advertisement