कर्जाको माग बढ्दा बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव

Advertisement

काठमाडौं । कर्जाको बढ्दो मागको तुलनामा बैंकले पर्याप्त निक्षेप संकलन गर्न नसक्दा लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ ।

यसको प्रत्यक्ष असर बैंकको कर्जा, निक्षेप तथा पुँजी अनुपात (सीडीसी)मा दबाब देखिएको छ ।

‘मंगलबारसम्म १० भन्दा बढी बैंकको सीडीसी अनुपात ८० प्रतिशतभन्दा बढी छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यद्यपि वाणिज्य बैंकहरूको औसत सीडीसी निर्देशित सीमाभित्रै छ।’

असोजको अन्तिम साता दसैंबीचमा पनि निक्षेप र रेमिट्यान्स आप्रवाह बढेकाले अबका केही दिन तरलता सहज हुने ती अधिकारीले बताए ।
आजको कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement