हुम्लामा जनता बैंकको एकैपटक तीन शाखा सञ्चालनमा

Advertisement

काठमाडौं । जनाता बैंकले हुम्लामा एकैसाथ तीन शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकामा शाखा विस्तार गरेको हो ।

जनता बैंकले शाखा विस्तार गरेसँगै मोटर बाटो नपुगेका दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ तथा वित्तिय पहुँच पुग्ने भएको छ । विस्तारित शाखाबाट निक्षेप, कर्जा, रेमिटान्सलगायत सम्पूर्ण बैंकिङ सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकले एक सय २६ शाखा कार्यालयहरु, ७१ एटीएम, दुई एक्स्टेन्सन काउन्टर तथा ४० वटा शाखा रहित बैंकिङ इकाईहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement