एनबी बैंक र ‘खल्ती’बीच डिजिटल भुक्तानीका लागि सम्झौता

Advertisement

काठमाडौं । नेपाल बंगलादेश (एनबी)बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनबीका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका निर्देशक अमित अग्रवालले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि एनबी बैंकका ग्राहकले सो बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

बैंकका डेपुटी सिआइओ श्रेष्ठ भन्छन्, ‘हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ । जसको माध्यमबाट ग्राहकहरुले मोबाइलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । यो सहकार्यपछि ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’

त्यसैगरी खल्तीका निर्देशक अग्रवाल भन्छन्, ‘अब एनबी बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो ।’ सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान पेमेन्ट गेटवे हो । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement