सचिनलाई उछिन्दै विराटले रचे किर्तिमानी, सबैभन्दा तीब्र गतिमा १० हजार रन बनाए

Advertisement

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइन्डिजविरुद्धको खेलमा इतिहास रचेका छन् । विशाखापट्टनममा भएको उक्त खेलमा उनले सचिन तेन्दुलकरको एक अर्को किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन् ।

इन्डिया–वेस्टइन्डिज वान डे सिरीजको दोस्रो दिनको खेलमा सबैभन्दा तिव्र गतिमा १० हजार रन बनाउने खेलाडिको रुपमा विराटले आफ्नो नाम लेखाएका छन् । विराटको यो किर्तिमानका क्रममा भारतीय पारीको ३७ औं ओभरमा क्यारेबियन नर्स लिएर आएका थिए ।

ओभरको तेस्रो बलामा कोहलीले एक रन लिँदै वानडे क्रिकेटको यो सबैभन्दा ठूलो रेकर्ड पनि आफ्नो नाममा लेखाएका हुन् । विराटले यो उपलब्धि दुई सय पाँच पारि(खेल)हरु खेल्दै हासिल गरेका हुन् । यस अघि भारतीय पुर्व ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा भएको यो रेकर्ड बनाउन सचिनले दुई सय ५९ पारिहरु खेलेका थिए ।

वेस्टइन्डिजसँगको यस खेलभन्दा अघि उक्त रेकर्ड बनाउन विराटलाई ८१ रनको आवश्यक्ता थियो । उनले दुई सय चार खेलहरुमा ५८ रन प्रति खेलभन्दा धेरैको औषतले नौ हजार नौ सय १९ रन बनाएका थिए । तर सिरीजको दोस्रो खेलमा उनले टिमलाईमात्र सम्हालेनन् आफ्नो नाममा ठूलो किर्तिमानी पनि लेखाए ।

यसअघि भारतको तर्फबाट सचिन तेन्दुलकर, सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १० हजार रन बनाएका थिए । विराटले हालै बनाएको किर्तिमानीले सबै दिग्गजलाई पछि पारेको छ । उनले सबैभन्दा तिब्र गतिमा १० हजार रनको किर्तिमानी रचेका छन् ।

Advertisement

Advertisement

Advertisement