उर्जामन्त्रीको विदेश दौड जारी, चीनबाट फर्किनासाथ निजी सचिवलाई लिएर सर्विया प्रस्थान

Advertisement

काठमाडौं । उर्जामन्त्री बर्षमान पुनलाई विदेश भ्रमण गर्न भ्याईनभ्याई भएको छ । दशैंको बेला चीन घुमेर फर्किएलगत्तै बिहीबार उनी सर्वियातर्फ लागेका छन् ।

सरकारका मन्त्री र कर्मचारीहरुको विदेश भ्रमण अत्यधिक भएको भन्दै यसलाई नियन्त्रण गर्न सरकारलाई दबाब बढे पनि मन्त्रीहरु भने विदेश भ्रमणमै रमाउन छाडेका छैनन् । उर्जा मन्त्रालयका अनुसार युरो एसियन इनर्जी फोरममा भाग लिन भन्दै पुन सर्वियातर्फ लागेका हुन ।

उनीसँगै उर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र निजी सचिव कमानसिंह थापा पनि छन् । सर्विया सरकारको निम्तोमा मन्त्री पुन बेलग्रेट गएको उनका सहयोगीहरुको भनाई छ ।

युरो एसियन इनर्जी फोरम दुई दिनसम्म चल्ने र मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागीता रहने र नेपालको उर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावना बारे मन्त्री पुनले जानकारी गराउने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement