‘छक्का पञ्जा ३’ को दुई हप्ते कमाई १३ करोड ६० लाख

Advertisement

काठमाडौँ । घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ३' ले दुई हप्तामा १३ करोड ६० लाख रुपियाँ ग्रस कलेक्सन गरेको छ । दुई करोड रुपियाँ आसपासमा निर्माण भएको फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफातर्फ लागेको छ ।

कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले फिल्मको कलेक्सनमा भरपुर साथ दिएको छ । अब यो फिल्म 'छक्का पञ्जा' को १६ करोड रुपियाँको एतिहासिक कलेक्सन रेकर्ड ब्रेक गर्ने दौडमा छ । सफल होला वा असफल ? यो भने हेर्न बाँकी छ । सरकारी स्कुलमा हुने बेथितिमाथि प्रहार गरिएको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । 'छक्का पञ्जा ३'सँगै निर्देशक निरौलाले हिट फिल्ममा ह्याट्रिक मारेकी छन् । उनलाई अहिले शक्तिशाली महिला निर्देशकको भनिन थालिएको छ । 'छक्का पञ्जा ३' ले पाँचदिने विकेन्ड पाएको थियो ।

फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

Advertisement

Advertisement

Advertisement