भैरवकुण्ड हाइड्रोपावरले ३१ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति माग्यो

Advertisement

काठमाडौं । भैरवकुण्ड हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले सर्वसाधारण र सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयका लागि ३१ लाख ८३ हजार दुई सय ८० कित्ता आईपीओ जारी गर्न बोर्डलाई निवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३३ हजार दुई सय ८० कित्ता र आोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छ लाख ५० हजार कित्ता गरी जम्मा ३१ लाख ८३ हजार दुई सय ८० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी गर्न लागेको उक्त सेयरमध्ये १ प्रतिशत आयोजनाका कर्मचारी, १० प्रतिशत आयोजना प्रभावित स्थानी र बाँकीको ८९ प्रतिशत सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल रहेको छ ।

Advertisement

Advertisement

Advertisement