बिपी राजमार्ग मर्मतका लागि जापानले १ अर्ब ८ करोड अनुदान दिने

Advertisement

काठमाडौं। बनेपा—सिन्धुली—बर्दिवास जोड्ने बिपी राजमार्गको मर्मतका लागि जापान सरकारले १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। २०७२ सालको भूकम्पले क्षति पुगेको राजमार्ग मर्मत र पुनर्निर्माणका लागी जापान सरकारले यस्तो सहयोग गर्न लागेको हो ।

यस सम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका छन्। १६० किलोमिटर लामो बिपी राजमार्ग जापान सरकारले नै बनाइदिएको हो।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिए। भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्‍याएको र राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम त्यसको पुनर्निर्माणको काम तत्काल सुरु हुने पनि उनले बताए।

अर्थ सचिव खनालले विकास निर्माणमा जापान सरकारले पुर्याउँदै आएको सहयोगको सराहना गर्दे जापानबाट नेपालले पूर्वाधार विकासमा निरन्तर सहयोगको अपेक्षा राखेको बताए।

Advertisement

Advertisement

Advertisement