कालिञ्चोक केवलकार तिहार अघिनै सञ्चालनमा आउने, टिकटदर निर्धारण गर्न बाँकी

Advertisement

काठमाडौं । दोलखामा निर्माण भइरहेको कालिञ्चोक केवलकार तिहार अघि नै सञ्चालनमा आउने भएको छ । केवलकारको परिक्षणका लागि स्वीजरल्याण्डबाट प्रविधिकहरु आउने भएपछि तिहार हगावै व्यावसायीक सञ्चालनमा आउन लागेको हो ।

कात्तिक १२ गते दुई जना स्वीस प्राविधिकहरु आईपुग्ने र १३ गते कालिञ्चोक कुमारीबाट केवलकारको परिक्षण गर्ने सञ्चालक बालकृष्ण सिवाकोटीले जनाकारी दिए । ती प्रविधिकहरुले चार दिनसम्म केवलकारको परिक्षण गर्ने उनले बताए । प्राविधिकको परक्षण सफल भएपछि केवलकार पूर्ण रुपमा व्यावसायीक तवरले सञ्चालनमा आउने उनले बताए ।

केवलकारका सञ्चालक सिवाकोटीका अनुसार यस अघि नेपाली प्रविधिकहरुले परिक्षण गरिसकेको भएपनि स्वीजरल्याण्डका प्राविधिकहरुले परिक्षण नगरि केवलकार सञ्चालन गर्न नसकिने बताए । केवलकारको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए ।

केवलकारको टिकट दरको भने निक्र्योल भइसकेको छैन । टिकट दरका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मश्न्त्रालयसँग छलफल भईरहेको उनले जनाकारी दिए ।

Advertisement

Advertisement

Advertisement