सेयर बजारमा गिरावट जारी, उत्पादनमूलक समूहका लगानीकर्ताले भने राम्रै कमाए

Advertisement

काठमाडौं । बुधबार सामान्य सुधार आएको सेयर बजार परिसुचक नेप्से बिहीबार फेरि घटेको छ । नेप्से आज ९ दशमलव ११ अंकले घटेर एक हजार २४० दशमलव ८२ अंक कायम भएको छ ।

दशैंका कारण लयमा फर्किनसकेको सेयर बजारमा आज २७ करोड ७१ लाख रुपियाँको सेयर किनबेच भएको छ । सबै उपसुचकहरु ओरालो लाग्दा उत्पादनमूलक समूहको सेयरमा भने उत्साजनक सुधार देखिएको छ । यो समूहको उपसचक दुई दशमलव २३ प्रतिशतले बढेको छ । गिरावट देखिएका समूहमा सबैभन्दा बढि होटल समूहको उपसुचक एक दशमलव ९१ अंकले घटेको छ भने अन्य समूहको एक दशमलव २३ अंकले घटेको छ ।

Advertisement

Advertisement

Advertisement