लोकसेवा आयोगले दुई महिना कर्मचारी छनोट प्रक्रिया बन्द गर्ने

विज्ञापन

काठमाडौं । लोक सेवा आयोगले दुई महिनाका लागि कर्मचारी छनोट प्रक्रिया रोकेको छ । आयोगको नियमित कार्यतालिका अनुसार असोजको अन्तिम बुधबार सहसचिव, उपसचिव वा सो सरह तथा एघारौं र नवौं तहमा पदपूर्तिको विज्ञापन खोल्नुपर्ने भए पनि सरकारको अनुरोधपछि आयोगले तालिका अनुसारको कामलाई रोकेको हो ।

असोज २८ गते बसेको मन्त्रिपरिषद् बैंठकले ‘एक पटकका लागि विज्ञापन नगर्न’ अनुरोध पत्र प्राप्त भएपछि विज्ञापन नगरिएको आयोगले जनाएको छ ।

आयोगलाई दुई महिना विज्ञापन नगनू अनुरोध गरेको पत्र असोज २९ गते पुगेको थियो । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार यस पटक विज्ञापन निकाल्नका लागि माग संख्या मन्त्रालयहरु तथा निकायले पनिउपलब्ध गराएका थिएनन् । तर, स्वास्थ्य सेवा र न्याय सेवाले भने संख्यानै पठाएको उनले जानकारी दिए ।

कर्मचारी छनोट गर्ने भन्ने निक्र्यौल नभएको र कर्मचारी संख्याबारे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट माग पनि नआएको उनले बताए । आयोगले वार्षिक तालिकानै बनाएर लिखित–मौखिक परीक्षा सञ्चालन गर्ने र नतिजा निकाल्ने मिति उल्लेख गरेको हुश्न्छ । सो अनुरुप कार्यसम्पादन हुनुपर्नेमा सरकारको विज्ञापन नखुलाउ भन्ने अनुरोधले सबै तालिका र कार्यसम्पादनमा प्रभाव परेको उनले जानकारी दिए ।

आयोगले गत वर्ष दुई सय ९७ दिन परिक्षा चलाएको थियो । दुई महिनासम्म परिक्षानै नलिने र विज्ञापन नखोल्ने हो भने पछि समय अभाव हुने प्रवक्ता शर्माले बताए । आयोगले प्राय सार्वजनिक विदाको दिनमा पनि परिक्षा लिँदै आएको छ ।

दुई महिना परिक्षा लगायत सम्पूर्ण काम रोकेर राख्दा पछि कामको चाप बढ्ने, कर्मचारीको वृद्धिविकास, अनुभव र उत्प्रेरणामा नकारात्मक प्रभाव पार्ने उनले बताए । असोजमा गर्नुपर्ने विज्ञापन मंसिरसम्म रोकिएपछि आयोगले अब नयाँ कार्यतालिका बनान पर्ने हुन्छ । जस कारण कर्मचारीको व्यस्तता बढाउँछ भने परिक्षाको तयारीमा रहेकाहरुलाई पनि अलमल हुने प्रवक्ता शर्माले बताए ।