एनआइसी एसिया बैंकको नयाँ शाखा मानेञ्ज्याङमा

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले थप एक शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखा संखुवासभाको मानेभञ्ज्याङमा बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

बैंकको यस नयाँ शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मिप्रपन्न निरौलाले गरेका थिए ।

एनआइसी एसिया बैंकले हाल मुलुकभर दुई सय ६४ शाखा कार्यालयहरु, दुई सय ६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार एक खर्ब ९९ अर्ब रुपियाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक खर्ब ६७ अर्ब रुपियाँ पुगेको छ । बैंकले एक खर्ब ३८ अर्ब रुपियाँ कर्जा प्रवाह गर्दै निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Advertisement

Advertisement

Advertisement