म्याग्दीमा ५३.५ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण हुने

Advertisement

काठमाडौं । जलविद्युत्को जिल्लाका रुपमा परिचय बनाएको म्याग्दी जिल्लामा कूल ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

म्याग्दी हाइड्रोपावरले सो आयोजनाको निर्माण गर्ने लक्ष्यका साथ वातावरणीय प्रभाव मूल्याङ्कनको काम शुरु गरेको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ३, ४, ६ र ७ तथा मालिका गाउँपालिकाको वडा नं ७ मा आयोजना निर्माण हुने र वातावरणीय प्रभाव मूल्याङ्कनको काम शुरु भएको हो ।

धौलागिरि गाउँपालिका–४ मुदीमा बाँध निर्माण गरी पाँच हजार ५०० मिटर लामो सुरुङमार्फत मालिका गाउँपालिका– ७ को भारवाङमा विद्युत्गृह निर्माण गरिने छ । आयोजनाको लागत करीब रु १० अर्ब रहनेछ ।

म्याग्दीमा हालसम्म दर्जन आयोजना निर्माणका क्रममा रहेका छन् । त्यसमा ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको छ ।

Advertisement

Advertisement

Advertisement