यस्तो क्याफे, जहाँ चिया कफीको साथमा अजिंगर र अन्य जिव दिइन्छ

Advertisement

एजेन्सी । कल्पना गर्नुहोस्, तपाइँ कुनै क्याफेमा चियाकफी पिउन जानुभयो । मनपर्ने चिया र कफी अर्डर गर्नुभयो । तर तपाइँका अगाडि चिया कफीसँगै भयंकर अजिंगर कुँदेर आयो भने के गर्नुहुन्छ ? अजिंगर मात्र होइन टेबलमा अन्य जिवहरु पनि देखा पर्नसक्छन् ।

कम्बोडियाको राजधानी नोम पेन्हमा रहेको यो अचम्मको क्याफेमा अजिंगर मात्र नभएर विभिन्न प्रकारका कीरा माछा चराहरु पनि तपाई बसेको ठाउँ वरीपरि पाइन्छ । क्याफेभित्र छिरेर खाँदा तपाइँलाई कुने चिडियाखानामा छिरेको अनुभुति हुनसक्छ । अचम्मको कुरा के भने यस क्याफेमा खानेकुरा खाइरहेको समयमा तपाइको शरीरमा सर्प हिड्न थाल्छ र अन्य जिवहरु पनि तपाई बसेको वरीपरि हिड्न थाल्दछ ।

यस क्याफेका मालिकको ची रैटीका अनुसार सुरुमा मान्छेहरु सर्प देखेर डराउथ्थे तर विस्तारै विस्तारै मान्छेहरु सर्प संग बसेर खान रमाउन थाले र याफेमा आउनेहरु सर्पको साथ सेल्फी र फोटो खिच्ने गर्छन् ।

Advertisement

Advertisement

Advertisement