पोखराले विराटनगरलाई दियो १९८ रनको विशाल लक्ष्य

Advertisement

काठमाडौं । शुक्रबारबाट पोखरामा सुरुभएको पोखरा प्रिमियर लिग(पीपीएल) को उद्घाटन खेलमा विराट नगर टाइटन्स र पोखरा पल्टनबीचको खेल चलिरहेको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको पोखरा पल्टनले निर्धारित २० ओभरको पहिलो इनिङ्स खेल्दै एक सय ९७ रनको स्कोर बनाएको छ । खेल जित्नका लागि विराटनगर टाइटन्स्ले निर्धारित २० ओभरमा एक सय ९८ रनको विशाल लक्ष्य भेटाउनु पर्ने भएको छ ।

विराटनगर टाइटन्सको कप्तानी युवा स्पिनर सन्दिप लामिछानेले गरिरहेका छन् भने पोखरा पल्टनको कप्तानी राष्ट्रिय टिमका भरपर्दा व्याट्सम्यान शरद भेषावकरले गरिरहेका छन् ।

पोखरा पल्टनको लागि विशाल स्कोर बनाउन आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले ५२ रन प्रहार गरे । अर्का व्याट्म्यान रबिन्द्र शिंहले ४४ रन र कुशल भुर्तेलले ३८ रन जोडे । त्यस्तै विस्फोटक पारी खेलेका बिनोद भण्डारीले ११ बलमात्रै खेलेर ४१ रन प्रहार गरे । ११ बलमै ४१ रन बनाउने क्रममा उनले दुई चौका र पाँच छक्का प्रहार गरे ।

बलिङतर्फ सन्दिप लामिछानेले दुई तथा शाहव आलमले एक विकेट लिए ।

विराटनगर टाइटन्सले जवाफि व्याटिङ सुरु गरेको छ ।

Advertisement

Advertisement

Advertisement