ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा सरस्वतीस्थानमा

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको सरस्वतीस्थानमा आफ्नो एक सय चारऔं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकको उक्त शाखारहित बैंकिङ सेवाको भक्तपुरका सहायक सिडिओ जय कुमार घिमिरेले गरेका हुन् । सरस्वतीस्थानमा खोलिएको उक्त सेवाको प्रतिनिधिमा बैंकले स्थानीयबासिन्दा गौरव तिमल्सिनालाई नियुक्त गरेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर एक सय ३२ शाखा कार्यालयहरु, एक सय ४० एटीएम, छ एक्स्टेन्सन काउन्टर, १५ राजश्व संकलन काउन्टर, एक सय चार शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको ग्रहक संख्या करिब नौ लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement