एनआईसी एसिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्लामा

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंकले भोजपुरको दिङ्लामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको दिङ्ला शाखाको षडानन्द नगरपालिकाका मेयर विरबल राईले उद्घाटन गरेका हुन् ।

बैंकले मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १३८ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement