पोखरा प्रिमियर लिगः पोखराको विजयी सुरुवात, विराटनगर ५८ रनले पराजित

Advertisement

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)को उद्घाटन खेलमा पोखर पल्टनले विजयी सुरुवित गरेको छ । शुक्रबार पोखरा संगशालामा भएको खेलमा पोखरा पल्टनले विराटनगर टाइटान्सलाई ५८ रनले पराजित गरेको हो ।

पोखराले एक सय ९८ रनको लक्ष्य दिएपछि जवाफि व्याटिङमा मैदान उत्रिएको विराटनरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले सर्वाधिक ३०–३० रन बनाउँदा अन्य व्याट्सम्यानले राम्रो प्रर्शिन गर्न सकेनन् ।

राजु रिजालले ३० रन बनाउने क्रममा २७ बल खेल्दै दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै पुष्प थापाले ३० रन बनाउने क्रममा तीन चौका र एक छक्का प्रहार गरे । अन्य व्यट्सम्यानहरुमा इन्ड्रियु सुविक्षणले १४, सन्दिप लामिछानेले १४, सुनिल धमलाले ११, प्रदिप ऐरीले १० र जितेन्द्र सिंह ठकुरीले १० रनको योगदान दिए ।

पोखरा पल्टनका लागि बलिङतर्फ ललितनारायण राजवंशीले तीन तथा मेहेबुब आलम, कृष्ण कार्की, सरद भेषावकर, विक्रम भुषाल र रसिद खानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ३ विकेट गुमाउँदै रन बनाएको थियो। पोखराका लागि ओपनिङ ब्याट्म्यान आशिफ शेख र कुसल भुर्तेलले पहिलो विकेटका लागि ५३ रनको उत्कृष्ट साझेदारी गरेका थिए। आशिफले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ५४ बलमा ५ चौंका र १ छक्का प्रहार गरे।
त्यस्तै रभि सिंहले ४४, कुशल भुर्तेलले ३८ र विनोद भण्डारीले नटआउट ४१ रनको आक्रमक पारी खेले। विनोदले ११ बलमा २ चौंका र ५ छक्का प्रहार गरे। खेलको म्यान अफ दि म्याच विनोद नै भए। सरद भेषावकर ७ रनमा अविजित रहे। विराटनगरका लागि सन्दीप लामिछानेले २ र सहाब आलमले एक विकेट लिए।
नेपाली क्रिकेटकै ठूलो धनराशीको पहिलो संस्करणको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दै छन्। पिपिएलमा विराटनगर टाइटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन्। प्रतियोगिताको विजेताले २७ र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने छन्।

Advertisement

Advertisement

Advertisement