बुद्ध एयरले तीन वटा नयाँ जहाज भित्र्याउँदै

Advertisement

काठमाडौं । बुद्ध एयरले तीनवटा नयाँ विमान थप गर्ने भएको छ । कम्पनीले एटिआर ७२ (७२ सटि क्षमताका जहाज) भित्र थपेर आफ्नो व्यावसाय विस्तार गर्न लागेको हो ।

निजि क्षेत्रका अन्य विमान कम्पनीले विमान थपेर आक्रमक व्यापार गर्न थालेपछि बुद्ध एयरले पनि प्रतिस्पर्धाका लागि थप तिन वटा जहाज भित्र्याउन लागको हो । कम्पनीले यो चरणमा ल्याउन लागेको तीन वटा विमानहरुमध्ये पहिलो विमान अबको छ महिनाभित्र ल्याइसक्ने तयारी गरेको छ । बाँकीको दुई वटा जहाज पनि लगत्तै ल्याउने कम्पनीले जनाएको छ ।

कम्पनीले करिब एक अर्ब रुपियाँ लागतमा तीन वटा जहाज भित्र्याउन लागेको हो । यी जहाज भित्र्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीले दुई महिना अघिनै स्विकृति लिइसकेको जनाएको छ ।

भैरहवा विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा केही चाप कम हुने र सेवा विस्तारमा सहज हुने कम्पनीले जनाएको छ । हाल विमानस्थलको चापका कारण हरेक फ्लाईटमा चार घण्टा ढिलो भइरहेको कम्पनीले जनाएको छ ।

बुद्धले नयाँ जहाज ल्याएसँगै त्यसको नियमित उडानका लागि दुई जना पाइलट र चारजना को पाइलट नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।

हाल कम्पनीसँग भएको नौ वटा एटिआरले काठमाडौं बेस राखेर उडान गर्दै आएको छ । यस्तै दुई वटा जहाज भने विराटनगर बेस राखेर उडाउँने कम्पनी स्रोतले जनाकारी दिएको छ । कम्पनीले भविष्यमा उपत्यका बाहिरका अन्यका बाहिरका अन्य विमानस्थलमा बेस राखेर उडान गर्ने जनाएको छ ।

हाल कम्पनीको ६ वटा ७२ सिटे एटिआर, तीनवटा ४२ सिटे एटीआर र दुई वटा बिच क्राफ्ट लगायत १२वट जहाजले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, पोखरालगायत आठवटा आन्तरिक गन्तब्यमा उडान गर्दै आएको छ। यस्तै कम्पनीले भारतको वाराणासीमा पनि साताको तीनवटा उडान गर्दै आएको छ।

Advertisement

Advertisement

Advertisement