भारतीय नेता राहुल गान्धीलाई सीबीआईले पक्राउ गर्यो

Advertisement

नयाँदिल्ली । भारतका प्रमुख प्रतिपक्षी दल काँग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् । विपक्षी पार्टीले केन्द्रीय जाँच ब्यूरो (सीबीआई) कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा गान्धीसहितका केही नेताहरुलाई सीबीआईले पक्राउ गरेको हो ।

घूसकाण्डबाट सुरु भएको सीबीआईको विवादले राजनीतिक रुप लिएको छ। प्रदर्शनमा हस्तक्षेप गर्दै सीबीआईले गान्धीसहित अशोक गहलोत, प्रमोद तिवारीलगायतका कांग्रेस नेताहरुलाई पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले राफेल खरिद सम्झौता चोरी गरेको आरोप लगाउँदै यो कुरा पुरा देशले थाहा पाइसकेको बताए । उनले प्रधानमन्त्रीले अब भागेर जाने ठाउँ नरहेको पनि बताए।

Advertisement

Advertisement

Advertisement