चीनले नेपाली सेनालाई दुई अर्ब ५३ करोड रुपियाँ बराबरको सामग्री सहयोग गर्ने

Advertisement

काठमाडौं । नेपालसँगको शैन्य सम्बन्ध थप विस्तार गर्न चीन अग्रसर देखिएको छ । चीनले नेपालमा मानवीय सहयोग तथा प्रकोप उद्दरका लागि नेपाली सेनालाई दुई अर्ब ५३ करोड रुपियाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल साताव्यापी चीन भ्रमणमा रहेका वेला चिनियाँ समकक्षी रक्षा मन्त्री वि फेंगीबीच शनिबार उक्त सहोगको सहमति पत्रमा हस्ताक्षर भएको हो ।

फेंगीसँगको भोटमा मन्त्री पोखरेलले नेपाल र चीनबीच सम्बन्ध प्रगाढ रहेको औंल्याउँदै सैन्य क्षेत्रमा आपसी सहयोग विस्तार गर्दै लैजानुपर्ने धारण राखेका थिए । उनले नेपालमा शैनिक विश्वविद्यालय स्थापना गर्न चीन सरकारलाई सहयोगका लागि आग्रहसमेत गरेका थिए ।

द्वीपक्षीय हितका विषयमा भएको छलफलमा चिनियाँ रक्षामन्त्री फेंगीले नेपालको एक चीन नितिको प्रशंसा गर्दै तिब्बत मुद्दामा नेपालको भूमिकाको प्रशंसा गरेका थिए ।

भेटका क्रममा रक्षामन्त्री पोखरेलले गत जुनमा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपाल चिन सम्बन्ध थप उचाइमा पुगेको धारणा राखेका थिए । त्यस्तै द्वीदेशिय शैन्य सम्बन्धमा चीन तत्पर रहेको फेन्गीले बताए ।

रक्षा मन्त्री पोखरेलले प्रस्ताव गरेको क्षेत्रम सहयोग गर्न चीन पत्पर रहेको भन्दै फेंगीले ती विषयमा द्वीपक्षिय छलफल अगाडी बढाउनेु पर्ने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement