चितवन राष्ट्रिय निकुञ्जमा ७६ पोखरी खनिने, किन बनाइँदै छ त पोखरी ?

Advertisement

चितवनः दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापन गर्ने काममा निकुञ्ज लागेको छ ।

निकुञ्जले यसवर्ष ७६ वटा पोखरी नयाँ निर्माण र व्यवस्थापनमा बजेट विनियोजन गरेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार ताल निर्माण र संरक्षणका लागि रु एक करोड ६१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । जसबाट पानी पोखरी निर्माण, मर्मत सम्हार गरिँदै छ । हाल निकुञ्जमा ६३ वटा पोखरी रहेका छन् । गत आर्थिक वर्षमा तीन वटा र अघिल्लो आर्थिक वर्षमा दुईवटा नयाँ पोखरी निर्माण गरिएको थियो ।

उनकाअनुसार पोखरी व्यवस्थापन गर्दा त्यहाँ थिग्रिएका गेग्रान हटाउने, मिचाहा प्रजातिका झार झिक्ने, पानी बाहिर बगेको भए ड्याम लगाउने जस्ता काम गर्नुपर्नेहुन्छ ।

पोखरीमा बाघको आहारा प्रजातिले पानी पिउने, बाघले पौडी खेल्ने, गैंँडा र हात्तीले आहाल खेल्ने गर्दछन् । निकुञ्जमा रहेका सबै वन्यजन्तुको लागि पानी आवश्यक पर्दछ । निकुञ्जमा लामि ताल, देवी ताल, तमोर ताल जस्ता ठूला पर्यटकीय महत्व बोकेका ताल पनि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement