नेपाल भारत मैत्री समाजले जनचिकित्सालयलाई दियो सवा तीन लाखको उपकरण

Advertisement

काठमाडौं । नेपाल भारत मैत्री समाजले न्ह्योखास्थित जनचिकित्सालयलाई सवा तीन लाख रुपियाँ बराबरका उपकरणहरु उपलब्ध गराएको छ । समाजका सभापति प्रेम लस्करीले चिकित्सालयकी अध्यक्ष विमला मानन्धरलाई ती उपकरण हस्तान्तरण गरेकी हुन् ।

महानगरपालिकाका प्रमुख विद्यासुृन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, भारतीय दूतावासका प्रथम सचिव सौम्य चन्दख्रशेखरणाचार्य, महानगरपालिकाको वडा नं. २५ का अध्यक्ष नीलकाजी श्रेष्ठ सहभागी सो कार्यक्रममा उपकरणहरु हस्तान्तरण गरिएको हो । साथै कार्यक्रममा अमेरिकाको वासिङ्गटनस्थित इभरग्रीन हस्पिटलकातर्फबाट अल्सरका रोगीहरुको निम्ति आवश्यक पर्न कोलस्टोमी व्याग पनि हस्तान्तरण गरियो ।

स्थानीय जनताको सहयोगमा २०३९ साल वैशाखमा स्थापित सो चिकित्सालयले सो क्षेत्रका जनतालाई निःशुल्क उपचार सेवा उपलब्ध गराउंदै आएको छ ।

Advertisement

Advertisement

Advertisement