तस्विरहरुमा हेर्नुहोस् नेकपाको चियापान, ओली बिनाको चिया खल्लो महशुस

Advertisement

काठमाडौं । दशैं, तिहार, छट, नेपालसम्मतको अवसरमा सत्तारुढ दल नेकपाले भृकुटीमण्डपमा शनिबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा सहभागी हुन ५० हजारलाई आमन्त्रण गरिएको भनिए पनि कार्यक्रमस्थलमा भने त्यति ठूलो जमघट भने देखिदैन्थ्यो । उखान टुक्कामार्फत कार्यक्रमलाई रमाइलो गर्ने सो पार्टी एक अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि कार्यक्रममा सहभागीहरुले केही खल्लो महशुस गरेका थिए ।

यद्यपि कार्यक्रमको आकर्षणमा भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम यचुरी विशेष अथितिको रुपमा रहेका थिए । अर्कोतर्फ चियापान कार्यक्रममै असन्तुष्ट पक्ष भन्दै एउटा समूहले चियापानको विरोध गरेर पर्चा पम्लेटिङ समेत गरिरहेको थियो ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवासहित अधिकांश दलका नेताहरुसमेत सहभागी कार्यक्रममा सो पार्टीले आमन्त्रण गरेका अर्को कम्युनिष्ट घटकका नेता नेत्रविक्रम चन्द, नेपालबाट तराई विखण्डन गर्नुपर्छ भन्दै आन्दोलन गर्दै आएका सीके राउत भने देखिएनन् ।

कार्यक्रममा उद्योगी व्यवसायीको पनि राम्रै उपस्थिति देखिएको थियो । कार्यक्रममा नेकपाका नेताहरु झलनाथ खनाल, माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड अन्तिमसम्म बसेका थिए । खाजामा नमकिन, केरा, लड्डु, पेडा र चियाको व्यवस्था गरिएको थियो ।





















Advertisement

Advertisement

Advertisement