चौतारी लघुवित्तको चार लाख आइपीओ आउँदै

Advertisement

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने तयारी गरिरहेको छ । धितोपत्र बोर्डले चौतारीलाई गत भदौ २५ गते आइपीओ बिक्री गर्न अनुमति दिइसकेको छ । अब छिट्टै आइपीओ बिक्री खुला हुनेछ । चौतारीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ बिक्री गर्नेछ । कम्पनीले जारी पुँजी १८ करोड रुपैयाँको ३०% आइपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको हो । उक्त आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

चौतारी लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गते (सोमबार) विशेष साधारण सभा गर्ने भएको छ । चौतारीले जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सहित विशेष साधारण सभा डाकेको हो । यसबाहेक चौतारीले प्रबन्धपत्रका केही व्यवस्था परिमार्जन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । विशेष साधारण सभा दियालो फुडल्याण्ड मिलनचोक, बुटवलमा दिउँसो १ बजे सुरु हुनेछ ।

Advertisement

Advertisement

Advertisement