सहारा विकास बैंकको १० लाख ४४ हजार २५६ कित्ता सेयर लिलामीमा आउँदै

Advertisement

काठमाडौं ।  कात्तिक १८ गते आइतबारदेखि सहारा विकास बैंकको १० लाख ४४ हजार २५६ कित्ता सेयर लिलामीमा आउने भएको छ । जसमध्ये, संस्थापक समूहको ९ लाख २८ हजार २४८.७० कित्ता र सर्वसाधारण समूहको १ लाख १६ हजार ७.३० कित्ता सेयर रहेको छ ।

यसअघि  बैंकले  जेठदेखि असार २४ गतेसम्म  २५० प्रतिशत  हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १० लाख ४४ हजार २५६ कित्ता हकप्रद सेयर बिक्री हुन सकेको थिएन । त्यही हकप्रद नबिकेको सेयर अहिले लिलामी प्रणालीबाट बेच्न लागिएको हो । हाल बिक्रि हुन् लागेको उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement