भोजपुरको दिङ्गलामा एनआईसी एशिया बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले  भोजपुरको षडानन्द नगरपालिका दिङ्गलामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यहि कार्तिक नौं गतेका दिन एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन षडानन्द नगरपालिकाका मेयर विरबल राईले गरे  ।

यस बैंकले हालसम्म देशभर  २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

Advertisement

Advertisement

Advertisement