दुरसंचार क्षेत्रको विकासका लागि आईटीयुले ५ बर्षे रणनीतिक कार्ययोजना बनाइदिने

Advertisement

काठमाडौं । नेपालको दुरसंचार क्षेत्रको विकासका लागि ५ बर्षे रणनितिक कार्ययोजना बन्ने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले अन्तरराष्ट्रिय टेलिग्राफ युनियन (आईटीयु)को सहयोगमा यस्तो कार्ययोजना बनाउन लागेको हो ।

प्राधिकरणका अनुसार आईटीयु मिसनले नेपालमा आगामी ५ बर्षभित्रमा दूरसंचार क्षेत्रलाई कसरी विकास गर्ने, कसरी अघि बढ्ने लगायतका विषयमा रणनीतिक कार्ययोजना बनाईदिने भएको हो । दूरसंचार क्षेत्रको अन्तरराष्ट्रिय विकासलाई मध्यनजर गर्दै आईटीयुले प्राधिकरणलाई सोही अनुसारको कार्ययोजना बनाइदिने प्राधिकरणले जनाएको छ ।

जसका लागि सोमबारदेखि शुक्रबारसम्म काठमाडौंमा बैठक आयोजना हुने भएको छ । प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालका अनुसार आईटीयुले अन्तरराष्ट्रिय मापदण्डमा आधारित रहेर तथा आर्थिक, भौगोलिक दृष्टिकोणलाई मध्यनजर गर्दै ५ बर्षको खाका तयार पारिदिने भएको छ ।

कार्ययोजनाका लागि विभिन्न विषयमा लामो तथा सुक्ष्म अध्ययनका साथै छलफल गर्नुपर्ने भएकाले आईटीयुले ५ दिन लामो बैठक तय गरेको हो । आईटीयुले अन्तरराष्ट्रिय प्रतिबद्धता, क्षेत्रिय प्रतिबद्धता लगायतका दुरसंचार क्षेत्रका अन्य प्रतिवद्धतालाई मध्यनजर गर्दै कार्ययोजना बनाउने प्राधिकरणले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement