भृकुटीमण्डपमा विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ हुँदै

Advertisement

काठमाडौं। नयाँ प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी दिने उद्देश्यले   काठमाडौंको भृकुटीमण्डपमा  दोश्रो संस्करणको विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ को आयोजना हुने भएको छ।   प्रदर्शनी आगामी  मंसिर ६  गतेदेखि  ९ गतेसम्म चल्नेछ   ।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको मुख्य आयोजना तथा नेपाल इन्जिनियर्स एशोसिएशन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स  र सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्ट एण्ड इन्जिनियरिङ फर्मस् र ब्रान्डवर्थ प्रालिको सह-आयोजनामा उक्त मेलाको आयोजना गरिएको हो।

यस मेलाको मुख्य प्रायोजक  अर्घाखाँची सिमेन्ट, पेन्ट्स पार्टनर बर्जर र प्रायोजक क्षमादेवी विल्डिङ मटेरियल्स रहेको छ।  मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ।  प्रदर्शनीमा ल्याण्ड एण्ड हाउजिङ्ग कम्पनी, पेन्ट्स, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनि, फर्निचर एण्ड फर्निसिंग, स्टिल, ईट्टा तथा मार्बल, विधुतीय सामाग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य उर्जालगायतको गरी दुई सय भन्दा बढी स्टल रहनेछन।

मेलामा  दुई लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिइएको छ।  उक्त मेलामा ४० देखि ५० जना इन्जिनियरले निशुल्क परामर्श लिन सक्ने  युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सका अध्यक्ष आनन्द सुवेदीले बताए।  यस मेलाले भौगोलिक अवस्थितिमा भौतिक निर्माणका लागि आवश्यक फरक-फरक प्रविधि, सिप र निर्माण समाग्रीबरे सहि सुचना एवं जानकारी दिन मद्दत पुर्याउनेछ।

Advertisement

Advertisement

Advertisement