यूएईमा नेपाली महिला कामदारबीच 'ग्याङ फाइट', एकको मृत्यु, तीन घाइते

Advertisement

यूएई । शारजाहस्थित एक कम्पनीमा काम गर्दै आएका नेपाली महिला कामदारबीच झगडा ‘ग्याङ फाइट’ हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । झगडामा सहभागी एक महिना सविना तामाङले मदिरा सेवन गरी चक्कु प्रहार गरेपछि उक्त घट्ना भएको हो ।

नुवाकोट घर भएकी तामाङले मदिराको नशामा झगडा सुरु गर्दै आफ्नै साथीहरुलाई चक्कु प्रहार गरेकी हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी काठमाडौंकी सिर्जना बरालको उपचारका क्रममा मृत्यु भएको छ भने ममता चौधरीको उपचार भइरहेको छ । सामान्य घाइते सलिना मगर र आशा दर्जी उपचारपछि घर फर्किएका छन् ।

घट्नापछि तत्कालै घाइतेहरुलाई प्रहरीले एम्बुलेन्समा हालेर नजिकैको अलकाशिमी अस्पताल पुर्याइएको थियो भने चक्कु प्रहार गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय कानुनअनुसार हत्यामा संलग्नलाई ब्लडमनी बुझाए माफी हुनसक्छ । अन्यथा मृत्युदण्ड हुन्छ ।

Advertisement

Advertisement

Advertisement