दुई हजारभन्दा बढी अस्थायी कर्मचारी आन्दोलित, सिंहदरबारमै धर्ना

Advertisement

काठमाडौं । हजारौं अस्थाई कर्मचारीहरु आन्दोलित भएका छन् । मन्त्रालय तथा विभागको खारेजीको क्रममा बर्खास्त तगा भुमिका विहिन भएका उनीहरु पुनर्वहालीको माग गर्दै आन्दोलित भएका हुन् ।

करिब दुई हजार कर्मचारीहरु आइतबारदेखि आन्दोलनमा छन् । आफुहरुको माग सम्बोधन गराउन उनीहरु सिंहदरबारमा धर्ना दिइरहेका छन् । दशैं अघि नै बर्खास्तमा परेका उनीहरु दशैं सकिएलगत्तै आन्दोलनमा उत्रिएका हुन् ।

‘अखिल नेपाल सरकार िअस्थायी करार ज्यालादारी तथा ठेकदारी कर्मचारी श्रमिक संघ’को नाममा उनीहरु सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी धर्ना दिंदै आन्दोलन गरिरहेका छन् ।

शान्तििपूर्ण धर्ना र जुलुस गरिरहेका कर्मचारीहरुले तिहारसम्म पनि आफ्ना माग सुनुवाई नभए कडा आन्दोलनमा उत्रने एक आन्दोलनकारी विक्रमबन्धु न्यौपानेले बताए । न्यौपानेका अनुसार उनीहरुले सोमबार (आज) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितलाई भेट गरी ज्ञापनपत्र बुझाउने छन् ।

श्रम ऐन अन्तर्गत दुई सय ४० दिनसम्म सरकारी सेवामा रहेर काम गरेका कर्मचारीलाई स्थायी, मंगी भत्ता बढाउने, बर्खास्तीमा परेकालाई पुनर्वहाली गर्नुपर्ने लगायतका छ बुँदे माग राख्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा मुलुकभरका ३२ हजार कर्मचारी तथा बर्खास्तीमा परेका कर्मचारीको साथ रहेको जनाइएको छ । आन्दोलनको संयोजकत्व कुमार राउतले गरिरहेको एक आन्दोलनकारी कर्मचारीले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement