संघीयता खारेज गर्न संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने चित्रबहादुरकोे घोषणा

Advertisement

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् ।

संघीय प्रणाली अत्यन्तै खर्चिलो भएको र जनतालाई खर्चको भार मात्र बढाउने कुरा पुष्टि भइसकेको भन्दै संघीयतालाई खारेज गर्नुपर्ने उनको भानई छ । नेपालमा संघीयता छलकपट पूर्ण तरिकाले लागू गरिएको भन्दै यसको विपक्षमा जनमत बढ्दै गएको पनि उनले जिकिर गरे ।

सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए । काँग्रेस र एमालेले समेत संघीयता नचाएको अवस्थामा वाध्यतामा परेर संघीयता स्विकारेको दाबी गरे । उनले संघियता ठूला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएको समेत दाबी गरे ।

नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै उनले यसलाई जनताले नै असफल बनाइदिने दावी गरे । नेपालका लागि संघीयता गलाको पासो भइसकेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement