निर्माण व्यवसायी गौचनलाई गोली हान्ने मुख्य व्यक्तिसहित तीन पक्राउ

Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गर्न संलग्नमध्ये तीन जना पक्राउ परेका छन् ।

गौचनलाई हत्या गर्ने अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये अमर रानामगर गौचनलाई गोली हान्ने मूख्य सूटर रहेको प्रहरीको भनाई छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि जिल्ला अदालत काठमाडौँले गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

नौ जनामा गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजी छन् ।

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो । यसअघि गौचनको हत्या अभियोग लागेका रुपन्देहीका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement