सेयर बजार दोहोरो अंकले घट्ने क्रम आज पनि जारी

Advertisement

काठमाडौं । सेयर बजार दोहोरो अंकले घट्ने क्रम सोमबार पनि जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से १० दशमलव ५६ अंकले घटेर एक हजार २१६ दशमलव ९३ कायम भएको छ ।

कारोबार रकममा पनि आइतबारभन्दा झण्डै आठ करोड रुपियाँले कमी आई आज २४ करोड ९१ लाख रुपियाँमा सीमित भएको छ । जसमा सबैभन्दा बढि गोरखा फाइनान्सको दुई करोड ५७ लाख रुपियाँको सेयर किनबेच भएको छ ।

समूहगत कारोबारतर्फ आज पनि कुनै समूहमा सुधार देखिएन । सबैभन्दा बढि होटल समूह दुई दशमलव ५७ प्रतिशतले घटेको छ भने जलविद्युत र निर्जिवन बीमा समूहको गिरावट पनि एक प्रतिशतभन्दा बढि छ । बाँकी समूहको गिरावट भने एक प्रतिशतभन्दा कम देखिएको छ ।

Advertisement

Advertisement

Advertisement