एनएमबी म्युचुअल फण्ड १ को खुद सम्पतीको प्रति एकाई मूल्यमा गिरावट

Advertisement

काठमाडौं । एनएमबी म्युच्युअल फण्ड १ को खुद सम्पतीको प्रति एकाई मूल्य दुई दशमलव २४ रुपियाँ घटेको छ । अघिल्लो महिनामा १३ दशमवल ५४ प्रति एकाई भएकोमा यस महिना ११ दशमलव ३० प्रति एकाई भएको हो ।

फण्डले ४२ करोड सात लाख रुपियाँ सेयरमा लगानी गरेको छ । कम्पनीले अघिल्लो महिना सेयरमा ४३ करोड नौ लाख रुपियाँ लगानी गरेको थियो । कम्पनीको बैंक मौज्दात ३९ करोड ९२ लाख रुपियाँ रहेको छ भने अन्य सम्पत्ति एक करोड ५४ लाख रुपियाँ रहेको छ ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्ये वाणिज्य बैंकमा सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको ४० हजार एक सय २६ कित्ता सेयरमा लगानी गरेको छ । हाइड्रोपावरमध्ये बुटवल पावर कम्पनीमा सबैभन्दा बढी २२ हजार दुई सय ६२ कित्ता सेयरमा लगानी गरेको छ । त्यस्तै विकास बैंकहरुमध्ये गरिमा विकास बैंकमा सबैभन्दा बढी २२ हजार दुई सय ४४ कित्ता सेयरमा लगानी गरेकोछ ।

त्यसैगरी फण्डले लघुवित्तमा डिप्रोक्स लघिवित्त विकास बैंकको १३ हजार सात सय ८० कित्ता सेयरमा लगानी गरेको छ भने इन्स्योरेन्समध्ये सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको १८ हजार दुई सय १९ कित्ता सेयरमा लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement