महालक्ष्मी विकास बैंकका ग्राहकले ग्रान्डी अस्पतालमा १० प्रतिशत छुट पाउने

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको र  ग्रान्डी इन्टरनेशनल अस्पतालबीच बैंकका  ग्राहकलाई  उपचार सेवा शुल्कमा छुट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी लगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा १० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।

देशभर ८३ शाखाबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङ्कले आगामी दिनमा उक्त अस्पतालको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमतिसमेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement