हाइड्रो एक्स्पो माघ ४ देखि, हेलिकप्टरमार्फत हाइड्रोपावर परियोजनाको समेत भ्रमण गर्न सकिने

Advertisement

काठमाडौं । जलविद्युत क्षेत्रसँग सम्वन्धी वृहत प्रदर्शनी ‘हिमालयन हाइड्रो एक्स्पो’ यस बर्ष माघ ४ गतेदेखि आयोजना गरिने भएको छ । गत बर्षबाट आयोजना गर्न थालिएको यस किसिमको प्रदर्शनलाई यस बर्ष थप व्यवस्थितरुपमा आयोजना गरिने जानकारी दिइएको हो ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले सोमबार पत्रकार सम्मेलन गरी मेला आयोजनाबारे जानकारी दिएको हो । भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनी तीन दिनसम्म चल्नेछ । उर्जा क्षेत्रको विकासका साथै सरकारले अघि सारेको १० बर्षमा १५ हजार मेगावाटको योजना सफल बनाउन मेलाले सहयोग गर्ने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई्रंले बताए ।

एक्स्पोमा एक सयभन्दा बढी स्टल रहने अनुमान गरिएको छ । जलविद्युत प्रवर्धक, इक्युपमेन्ट्स सप्लायर, लगानीकर्ता, बैंक, बीमा लगायतका सरोकारवाला पक्ष, जलविद्युत क्षेत्रमा विकास भएका नयाँ प्रविधि, र उर्जा आयोजना निर्माणसँग सम्बन्धित स्टल राखिने यस मेलामा करिब आधा स्टल विदेशी रहनेछन् ।

यसपटकको एक्स्पोमा ऊर्जासँग सम्वन्धित नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्ने गुरागाईंले बताए । साथै, एक्स्सपो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलिकप्टरमार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने ब्यावस्था गरेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement