नोभेम्बर ११ लाई अनलाइन बिक्री दिनका रुपमा मनाइने

Advertisement

काठमाडौँ । आउँदो नोभेम्बर ११ (कात्तिक २५ गते) लाई विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री दिनका रुपमा मनाइने भएको छ ।

अनलाइन बजारको काम गर्दै आएको दराजले मोबाइल एपमार्फत् अनलाइन बिक्री गर्ने आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो कार्यक्रमलाई ११ दशमलव ११ नाम दिइएको छ । यसको शुरुवात् सन् २००९ मा अली बाबाले गरेको थियो । यसलाई त्यसबेला ब्ल्याक फ्राइडेको एशियाली स्वरुपमा आयोजना गरिएको थियो ।

त्यस दिन चार लाखले अनलाइनबाट सम्पर्क गरी एक लाखले सामान किन्ने आशा गरिएको दराजका प्रबन्ध निर्देशक राजीव अमात्यले जानकारी दिए । यस अवसरमा सामानमा ८० प्रतिशतसम्म सहुलियत दिइने उनले बताए ।

Advertisement

Advertisement

Advertisement