गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लियो, आजबाट रनवेको पिच सुरु

Advertisement

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्ने काम सुरु भएको छ । आगामी छ महिनाभित्र सक्नेगरी मंगलबारबाट विमानस्थलको रनवेको पिच निर्माण कार्य थालिएको पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।

सन् २०१९ अगष्टसम्ममा विमानस्थल निर्माणको काम सम्पन्न भई सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए । छ महिनामा रनवेको पिच गर्ने लक्ष्य भए पनि ठेकेदारले आगामी चार महिनामै पिच निर्माण कार्य सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएको आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार धावनमार्गको लम्वाई तीन किमी रहेको छ । विमानस्थल निर्माणको काम विहान छ बजेदेखि राति १२ बजेसम्म भईरहेको उनले जानकारी दिए । उनका अनुसार चीनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन र स्थानीय ठेकेदारका गरी कुल दुई सय कामदारले राति १२ बजेसम्म विमानस्थलको काम गरिरहेका छन् । निर्माणकार्यमा चीनियाँ ७० जना र एक सय ३० जना नेपाली गरी दुई सय कर्मचारीले काम गरिरहेका छन् ।

यस्तै विमानस्थलको आठ तले कन्ट्रो टावर निर्माणका लागि अहिले सातौं तला निर्माणको काम चलिरहेको छ । आवागमन र अध्यागमनतर्फको निर्माण कार्य ७० देखि ८० प्रतिशतसम्म सकिएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement