प्रधानमन्त्री ओलीको रगत र छातीको एक्स–रे परिक्षण सकारात्मक, स्वास्थ्यमा उल्लेख्य सुधार

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको रगत परिक्षण र छातीको एक्स–रे रिपोर्ट सकारात्मक रहेको अस्पतालले जनाएको । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रम ओलीको मंगलबार बिहान रगत परिक्षण र छातीको एक्स–रे गरिएको हो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न प्राध्यापक डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले मंगलबार बिहान सजिलैसँग खाजा आएको र स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको उपचार डा. अरुण सायमीको नेतृत्वमा डा. दिव्यासिंह शाह र डा. सन्तकुमार दासको टीमले गरिरहेको छ ।

यस अघि चिकित्सकले प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित भएको बताएका थिए ।

११ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यस्थिति आफैमा संवेदनशिल छ । उनी शनिवार आयोजित चियापान कार्यक्रममा सहभागि भएका थिएनन् भने आइतवार मन्त्रिपरिषद बैठकमा केहि क्षणमात्र सामेल भएका थिए ।

Advertisement

Advertisement

Advertisement